Logo

भागरथीका दाई शंकर भट्टद्वारा दिनेश भट्टविरुद्ध किटानी जाहेरी



काठमाडौं, ५ फागुन । भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भएका आरोपी दिनेश भट्टविरुद्ध किटानी जाहेरी परेको छ । आज जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध भागरथीका दाई शंकर भट्टले किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरीमा शंकरले आफ्नी बहिनी भागरथीलाई बलात्कारपछि क्रुरतापूर्वक हत्या गरेको भन्दै हदैसम्मको कारबाहीको माग गरेका छन् ।

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो ।

हत्याका आरोपी दिनेश भट्टको संलग्नताबारे बुधबार मात्र खुलेको हो । दिनेशले भागरथीलाई लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा बलात्कारपछि हत्या गरेका थिए ।

डिआइजी उत्तम सुवेदीले ‘भागरथी हत्या’ का दोषी यसरी पत्ता लगाए

भागरथी सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत थिइन् । दिनेश सोही विद्यालयमा कक्षा ११ मा अध्ययन गर्थे ।



प्रतिक्रिया दिनुहोस्