Logo

मञ्जुश्री फाइनान्सको ५० करोड बराबरको ऋणपत्र बाँडफाँड



काठमाडौँ, ५ फागुन । मञ्जुश्री फाइनान्स लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्र आज बाँडफाँड भएको छ । माघ १८ गतेदेखि माघ २३ गते कम्पनीले आठ वर्षे अवधिको ९.५ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार दरको ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र बाँडफाँड भएको हो ।

फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ५ लाख इकाई ऋणपत्र बिक्रि खुल्ला गरेकोे हो । ३ लाख कित्ता अर्थात ३० करोड बराबरको शेयर ऋणपत्र परिपत्र विधिबाट र २ लाख कित्ता अर्थात २० करोडको ऋणपत्र सार्वजनिक निष्कासन प्रक्रियाबाट बिक्रि गर्ने कम्पनीले जनाएको छ । ८ वर्षको अवधिको लागि वार्षिक ९.५ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । यसलाई ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ नाम राखिएको छ । ऋणपत्रको विक्रि तथा प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्