Logo

अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ



काठमाडौं, ५ फागुन । भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपी पत्ता लगाउन सफल भएपछि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी चर्चाको शिखरमा छन् । उनी आफै बैतडी पुगेर घटनास्थलमै खटिएर अनुसन्धान सफल बनाए ।

एक हप्तासम्म बैतडीमै डिआइजी सुवेदी बसे । कामप्रति कटिवद्ध भएर खटिने सुवेदीको कार्यशैलीका कारण अब कञ्चनपुरमा दुई वर्ष अघि भएको निर्मला पन्तको हत्याको अनुसन्धान पनि सफल हुनसक्ने आशा गर्न थालिएको छ ।

भागरथीको हत्या प्रकरण पनि सुदूरपश्चिममै हुनु र निर्मला पन्तको हत्या पनि त्यही क्षेत्रको कञ्चनपुरमा भएको थियो । डिआइजी सुवेदी सुदूरपश्चिमका प्रदेश प्रहरी प्रमुख भएर गएकाले उनले अब निर्मला पन्तका हत्याका दोषीलाई पक्राऊ गर्न सक्ने आशा बढेको हो ।

सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मिहेनतले भागरथी हत्या प्रकरणको अनुसन्धानमा सफलता हासिल भएको बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्