Logo

भागरथी हत्याका अभियुक्त दिनेश भट्टलाई म्याद थप



काठमाडौं, ५ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई अनुसन्धानका लागि म्याद थप गरिएको छ । उनलाई जिल्ला अदालत बैतडीमा लगेर म्याद थप गरिएको हो।

जिल्ला अदालत बैतडीमा लगेर आरोपी १७ वर्षीय भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थप गरिएको हो । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन्।

 



प्रतिक्रिया दिनुहोस्