Logo

भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला



काठमाडौं, ५ फागुन । भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने आरोपी पत्ता लगाएको डिआइजी उत्तमराज सुवेदीसहितको टोलीलाई स्थानीयले फूलमालासहित बिदा गरेका छन् । दोगडाकेदार गाउँपालिकाका स्थानीयले प्रहरीलाई सम्मानसहित विदा गरेका हुन्।

घटनाको अनुसन्धानका लागि खोचलेक प्रहरी चौकीमा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुसहितका प्रहरीको स्थानीय फूलमाला सहित विदाइ गरेका हुन्।

उनीहरुले जघन्य अपराधको घटनाका दोषीको पहिचान गरि कारवाहीको दायरामा ल्याएकोमा प्रहरी अधिकृतहरुलाई धन्यवाद समेत दिएका छन्।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन्।-तस्बिर स्रोतः गोकर्ण दयाल



प्रतिक्रिया दिनुहोस्