Logo

‘१६ को केटाले १७ की केटीलाई कसरी मार्यो ?’



काठमाडौं, ५ फागुन । ‘१६ को केटाले १७ की केटीलाई कसरी मार्यो ?’ जिल्ला प्रहरी कार्यालय बैतडीमा भागरथी भट्ट हत्याका अभियुक्तलाई सार्वजनिक गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डिआइजी उत्तमराज सुवेदीलाई सोधिएको प्रश्न हो यो ।

सुवदीको जवाफ थियो,‘गतिविधि हेर्दा नसक्ने भन्ने छैन ।’ उनले अनुसन्धान जारी रहेको र घटनाको प्रकृति हेर्दा अभियुक्त दिनेश भट्ट नै रहेको बताए । तर, दिनेशको उमेर १६ नभई १८ रहेको र त्यसमा पनि अनुसन्धान चलिरहेको सुवेदीको भनाई छ ।

 

कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले कक्षा १२ मा अध्ययन गर्ने भागरथी भट्टको हत्या गरेको खुलासा प्रहरीले गरेसँगै शंका उठ्नु स्वाभाविक थियो । त्यसमा पनि घटनामा अभियुक्त एकजना मात्र संलग्न रहेको प्रहरीले जानकारी दिएको छ ।

अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ

भागरथी हत्याका अभियुक्त दिनेश भट्टलाई म्याद थप

भागरथीका दाई शंकर भट्टद्वारा दिनेश भट्टविरुद्ध किटानी जाहेरी

प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो

प्रहरीसामु गम्भीर प्रश्न उठेपछि डिआइजी सुवेदीले अनुसन्धान जारी रहेको बताए । घटनामा अन्य व्यक्ति संलग्न रहेको अहिलेसम्मको अनुसन्धानले नदेखाएको तर प्रहरीले अझै पनि अनुसन्धान बन्द नगरेको सुवेदीले जानकारी दिए ।

प्रतिशोध लिन भागरथीमाथि बलात्कार, गाउँमा भनिदिने डरले हत्या

डिआइजी उत्तम सुवेदीले ‘भागरथी हत्या’ का दोषी यसरी पत्ता लगाए

यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक

भागरथी हत्याका अभियुक्त पक्राऊ, छिमेकी युवाद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार

भागरथी भट्टका हत्यारालाई एक/दुई दिनमै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी 

भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने

भागरथी भट्ट हत्या प्रकरणका दोषीलाई छिट्टै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी (अन्तर्वार्ता)



प्रतिक्रिया दिनुहोस्