Logo

इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबारसँगै नेप्से उच्च स्थानमा



काठमाडौं, ५ फागुन । आज शेयर बजार उकालो लागेको छ । बुधबार नेप्से परिसुचक ९.९४ अंकले बढेर २६११.४५ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि मंगलबार नेप्से परिसुचक २६०१.५ अंकले बृद्धि भएर नयाँ रेकर्ड कायम गरेको थियो । आज नेप्सले मंगलबारको रेकर्डलाई तोड्दै हालसम्मकै नयाँ उचाईमा पुगेको हो ।

आज २०३ कम्पनीका ७६ हजार ६३० पटक कारोबार भएर ८ अर्ब भन्दा धेरैको  १ करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ । आज नेप्से इन्डेक्स ०.३१ प्रतिशत अर्थात १.४७ अंकले बढेर ४७५ विन्दुमा पुगेको छ । आज १२ उपसमुह मध्ये ५ उपसमुहको परिसुचक बढेको छ भने ७ उपसमुहको नेप्से परिसुचक घटेको छ । बुधबार सबैभन्दा धेरै व्यापार उपसमुहको २.०२ प्रतिशतले सुचक बढेको छ । बैकिङ्ग उपसमुहको १.५८ प्रतिशतले सुचक बढेको छ । म्युर्चुअल फण्डको सुचक आज ०.५७ प्रतिशतले बढेको छ । त्यसरी नै अन्य उपसमुहको ०.५१ प्रतिशतले सुचक बढेको छ । विकास बैंकको ०.१३ प्रतिशतले सुचक बढेको छ ।

होटल, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, उत्पादक, लघुवित्त, जीवन बीमा उपसमुहको सुचक घटेका छन् । आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६९ करोड ४३ लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको प्रतिकित्ता शेयर ४५ रुपैयाँले बढेर ४९७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नविल बैंकको ४१ करोड १६ लाख भन्दा धेरैको कारोबार भएर आज दोस्रो स्थानमा आएको छ । बैंकको प्रतिकित्ता २६ रुपैयाँले बढेर १३ सय ९१ रुपैयाँ कायम भएको छ ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन ऊर्जा विकास कम्पनी लगायत कम्पनीको ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।



प्रतिक्रिया दिनुहोस्