Logo

भागरथीको आमाले दिनेशले हत्या गरेको पत्याइनन्, शव बुझ्न अस्वीकार



काठमाडौं, ५ फागुन । प्रहरीले बैतडीकी भागरथी भट्टको हत्याका अभियुक्त दिनेश भट्टलाई सार्वजनिक गरेपनि परिवार भने विश्वस्त हुन सकेको छैन । भागरथीको आमा द्रोपदी भट्टले दिनेशले हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्षलाई पत्याएकी छैनन् ।

द्रोपदीले दिनेश भागरथीको भाई भएको र दिदीको हत्या भाईले गर्न नसक्ने बताएकी छिन् । उनले दिनेशले एक्लैले कसरी भारथीको हत्या गर्यो ? भनी प्रश्न समेत गरकी छिन् । परिवारका अन्य आफन्तले पनि विश्वास गर्न सकेका छैनन् । जसका कारण शव बुझ्न मानेका छैनन् ।

तर, भागरथीका दाजु केशव भट्टले आज दिनेशविरुद्ध किटानी जाहेरी दिइसकेका छन् । उनको जाहेरीलगत्तै प्रहरीले जिल्ला अदालत बैतडीबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थपको अनुमति लिइसकेको छ ।

‘‘पाइन्ट समेत घुँडासम्म फुकाली करणी गर्न लाग्दा…’’

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो । बलात्कारपछि दिनेशले भागरथीको घाँटी थिची हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी गराइसकेको छ ।

‘१६ को केटाले १७ की केटीलाई कसरी मार्यो ?’

अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ

भागरथी हत्याका अभियुक्त दिनेश भट्टलाई म्याद थप

भागरथीका दाई शंकर भट्टद्वारा दिनेश भट्टविरुद्ध किटानी जाहेरी

प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो

प्रतिशोध लिन भागरथीमाथि बलात्कार, गाउँमा भनिदिने डरले हत्या

डिआइजी उत्तम सुवेदीले ‘भागरथी हत्या’ का दोषी यसरी पत्ता लगाए

यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक

भागरथी हत्याका अभियुक्त पक्राऊ, छिमेकी युवाद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार

भागरथी भट्टका हत्यारालाई एक/दुई दिनमै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी 

भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने

भागरथी भट्ट हत्या प्रकरणका दोषीलाई छिट्टै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी (अन्तर्वार्ता)



प्रतिक्रिया दिनुहोस्