Logo

देउवाको कार्यक्षमै पुगेर पौडेलले चेतावनी दिएपछि विवाद



फागुन ५, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकअघि नै आज पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद भएको छ ।

संसद विघटनलाई कांग्रेसले असंवैधानिक भने पनि त्यसको विरोधमा सशक्त आन्दोलन हुन नसकेको भन्दै पौडेल देउवासँग आक्रोषित भएका थिए । पौडेलको मतसँग सहमत भएका नेता कृष्णप्रसाद सिटौलाले पनि थप दबाब दिएका थिए ।

पौडेलले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको भन्दै उनलाई साथ दिन नसकिने बताएका थिए । साथै देउवालाई पनि ओलीको पक्ष नलिन पौडेलले दबाब दिएका हुन् । संसद विघटनलाई समर्थन गर्ने हो भने कांग्रेसको भविष्य नै खतरामा पर्न सक्नै भन्दै पौडेलले संसद पुनः स्थापनाको माग अघि सारेर कांग्रेसलाई बचाउनुपर्ने बताएका थिए ।

उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई असंवैधानिक भनेको तर त्यही अध्यादेशअनुसार बैठक गरेर भएका नियुक्तिहरुबारे पनि पार्टीले प्रष्ट बोल्नुपर्ने बताए । संवैधानिक निकायमा भएको नियुक्ति पनि फिर्ता गर्नुपर्छ भन्ने पौडेलको माग छ ।

निर्वाचनको समर्थन गर्नु आत्मघाती भएको पौडेलको भनाई थियो । पौडेलले त संसद पुनः स्थापनाको एजेण्डाको अगुवाई गर्न नसके आफै अघि सर्ने चेतावनीसमेत दिएका छन् ।

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले चुनाव गराउँछन्भ न्ने भ्रममा नपर्न सभापति देउवालाई सचेत गराएका थिए ।

२ बजे बोलाइएको केन्द्रिय समिति बैठकअघि पौडेलले आफू निकट नेताहरुसँग छुट्टै भेला गरेर रणनीति बनाएका थिए । रणनीति बनाएर पार्टी कार्यालयमै रहेका सभापति देउवालाई भेट्न पौडेल र सिटौला पुगेका थिए ।

त्यहाँ पौडेलले संसद विघटन, चुनाव र संवैधानिक निकायमा भएको नियुक्तिबारे कांग्रेसले प्रष्ट धारणा बनाउनुपर्ने बताएका थिए । पौडेलले नेकपाको विवाद र विभाजनपछि प्रदेश सरकारहरुमासमेत अविश्वासको प्रस्ताव आएको अवस्थामा ओली समुहलाई साथ दिन नहुने मत राखेका थिए ।

पौडेलको कुरा सुनेपछि देउवाले पनि असन्तुष्टी जनाउँदै आफ्ना कुरा राखेका थिए । त्यसक्रममा देउवाले प्रतिनिधिसभा विघटनलाई आफ्नै अगुवाईमा असंवैधानिक भनेर निर्णय गराएको स्मरण गराएका थिए । तर सार्वजनिक रुपमा व्यक्ति गरेको विचारलाई देउवाले आज पनि दोहोर्याए । उनले अदालतलाई यही गर भनेर धम्क्याउने, जुलुस निकाल्ने जस्तो काम गर्न नहुने पौडेलसमक्ष बताएका हुन् ।

संवैधानिक निकायहरुमा अध्यादेशमार्फत पदाधिकारी तथा सदस्य सिफारिस गनुपर्ने अवस्था भने सभामुख अग्नि सापकोटाका कारण सृजना भएको देउवाको भनाई थियो । देउवाको भनाईप्रति नेता सिटौलाले पनि असन्तुष्टी जनाएका थिए ।

केहीबेर देउवा, पौडेल र सिटौलाबीच भनाभनसमेत भएको थियो ।



प्रतिक्रिया दिनुहोस्