Logo

मन्त्री ज्ञवालीदेखि मेयरसम्मले गुर्जोको चिया सेवन गर्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, ५ फागुन । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले आज धुलिखेल नगरपालिकालाई सिन्धुपाल्चोक जिल्लाको पहिलो बालमैत्री नगर घोषणा कार्यक्रममा उपस्थित सबैलाई आज गुर्जोको चिया सेवन गराएका छन् । कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीदेखि धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु (श्रेष्ठ)ले अभियन्ता गुर्जोको चिया सेवन गरेका थिए ।

राजलवटका अनुसार कार्यक्रममा उपस्थित् हजारौं सहभागीहरूलाई गुर्जोको चिया खुवाउदै गुर्जोको चिया प्याकेट समेत निःशुल्क वितरणको सेवा गरियो । कार्यक्रमको अध्यक्षता धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यञ्जुकार तथा अतिथि एवं सचिव गोपी मैनाली समेतको उपस्थिति रहेको थियो । सबैले उक्त चिया मन पराएका थिए । राजवलटले गुर्जोको उपयोगिताबारे प्रकाश पारेका थिए ।



प्रतिक्रिया दिनुहोस्