Logo

लिखित जवाफसहित प्रधानमन्त्री ओली सर्वोच्च अदालतमा उपस्थित्



काठमाडौं, ६ फागुन । अदालतको अवहेलना तथा मानहानी मुद्दाको लिखित जवाफ पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली आँफै सर्वोच्च अदालतमा उपस्थित् भएका छन् ।  प्रतिनिधिसभा विघटन सबन्धी संवैधानिक इजलासमा भईरहेको बहसलाई ‘तमसा’ र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बुढा बाजे वकिल’ भनेपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा परेको थियो ।

त्यसको जवाफ दिन उनी आज अदालत पुगेका हुन् । गत माघ १५ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायाधाीशहरु तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्