Logo

निशान म्यागनाइट फागुन २२ गते सार्वजनिक हुने



काठमाडौं । नेपालमा निशान गाडीको आधिकारी वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निशानको नयाँ एसयुभी गाडी निशान म्यागनाइट फागुन २२ गते सार्वजनिक गर्ने जनाएको छ ।

कम्पनीले हालै उत्पादन गरेको सुविधासम्पन्न सो गाडी यही फागुन २२ गते सार्वजनिक गर्न लागेको हो । नयाँ म्यागनाइट गाडी देशभरका सो रुममा उपलब्ध हुने भन्दै कम्पनीले नयाँ फिचरसहतिका गाडीबाट ग्राहकले भरपुर सेवा लिनसक्ने विस्वास लिएको छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सुदीपकुमार सारदाले निशानको नयाँ गाडीले नेपाली बजार र ग्राहकप्रतिको प्रतिवद्धतालाई कायम राख्ने दावी गरे । उनले नयाँ सुविधासहितको गाडी खरिदमा ग्राहकले विभिन्न अफर पनि पाउने बताए ।



प्रतिक्रिया दिनुहोस्