Logo

इतिहासका १० रोचक किस्सा



१) संसारको पहिलो सेल्फी सन् १८४९ मा रोबर्ट कार्नेलियस नामक व्यक्तिले लिएका थिए । उनले सेल्फी लिन ३ मिनेट समय लगाएका थिए ।

२) प्रथम विश्वयुद्धको सुरुवाती बेला अमेरिकी एयरफोर्ससँग केवल १८ पाइलट र ५ देखि १२ वटा जहाज थिए ।

३) चस्माको पहिलो प्रयोग ७ सय वर्षदेखि हुँदै आएको छ ।

४) टीसर्टका आविष्कार सन् १९०४ मा भएको थियो ।

५) सन् १९७३ अप्रिल ३ मा मोटारोलाका इन्जिनियर मार्टिन कुपरले पहिलो पटक मोबाइल फोनमा कुराकानी गरेका थिए ।

६) सन् १८११ मा शक्तिशाली भूकम्पका कारण उत्तरी अमेरिकाको मिसिसिपी नदी उल्टो दिशामा बहेको थियो ।

७) प्राचीन मिश्रमा तकियाको रुपमा ढुंगाको प्रयोग हुन्थ्यो ।

८) विश्वको सबैभन्दा पुरानो पिज्जा पसल इटालीको नेपल्स सहरमा सन् १८३० मा खुलेको थियो । त्यो पसल अझै पनि अस्तित्वमा छ ।

९) इतिहासको सबभन्दा छोटो युद्ध सन् १८९६ मा बेलायत र जान्जिवार (पूर्वी अफ्रिका) बीच भएको थियो । त्यसमा जान्जिवारले ३८ मिनेटपछि आत्मसमर्पण गरेको थियो ।

१०) महान् वैज्ञानिक अल्बर्ट आइन्टाइनको मृत्युसँगै उनको अन्तिम शब्दको पनि मृत्यु भयो । किनभने उनको साथमा रहेकी नर्सलाई जर्मन भाषा आउँदैनथ्यो ।

एजेन्सी

 

 



प्रतिक्रिया दिनुहोस्