Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा दाहाल-नेपालनिकट अनेरास्ववियुले आयल निगम घेराउ गर्यो (फोटोफिचर)



काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज आयल निगम घेराउ गरेको छ । उनीहरुले मूल्यवृद्धि खारेजीको माग गर्दै आज निगम घेराउ गरेका हुन् । उनीहरुले प्रतिगामी सरकारको मूल्यवृद्धि मुर्दावाद, ए सरकार तेरो मूल्यवृद्धिले मेरो ढाड सेकायो लेखेका प्लेकार्ड बोकेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्