Logo

फोन आविष्कारककी प्रेमिकाको नाममा ‘हेलो’ !



फोन उठाउँदा हामी ‘हेलो’ भन्छौं नै । त्यसको चलन कहाँबाट सुरु भयो ? त्यो हामीलाई थाहा नहुन सक्छ । अक्सफोर्ड डिक्सनेरीका अनुसार ‘हेलो’को पहिलो प्रयोग सन् १८२७ मा गरिएको थियो । त्यतिबेला हेलोको प्रयोग मानिसहरुलाई ध्यानाकर्षणका लागि मात्र प्रयोग गरिएको थियो ।

खासमा यो शब्द फोनका आविष्कारक ग्राह्म बेलकी प्रेमिकाको नामबाट आएको शब्द हो । २१ नोभेम्बर १९७३ देखि विश्वभर ‘हेलो दिवस’ मनाइँदै आएको छ । ग्राह्म बेलकी प्रेमिकाको नाम मारग्रेट हेलो थियो । उनले आफ्नी प्रेमिकासँग कुरा गर्नका लागि फोन बनाएका थिए । उनकी पत्नीको नाम भने गर्डनियर हबर्ट थियो ।

त्यसो त ग्राह्म बेलको पहिलो रोजाइको शब्द भने ‘आहोए’ थियो । यो शब्द त्यतिबेला कसैलाई बोलाउन प्रयोग गरिन्थ्यो । नेदरल्याण्डस्को भाषाबाट आएको शब्द आहोएको अर्थ हुन्छ, अभिवादन ! त्यसपछि मानिसहरुलाई ‘के तपाईं हुनुहुन्छ ?’ भनेर प्रश्न गर्न सुरु गरिएको थियो ।

सन् १९९२ मा सार्वजनिक भएको एक विवरणमा फोन उठाउन प्रयोग हुने ‘हेलो’ शब्द महान् वैज्ञानिक थोमस अल्वा एडिसनले सन् १८७७ मा प्रयोग गर्न सुझाएको उल्लेख छ । त्यतिबेला टेलिफोन एक्सचेन्जमा काम गर्ने महिलालाई ‘हेलो गर्ल्स’ भन्ने गरिएको थियो । मानिसहरुलाई ‘आहोए’ भन्दा ‘हेलो’ नै प्रिय लाग्यो । यो शब्द छोटो र बोल्न सजिलो भएकाले धेरैले यसलाई प्रयोग गर्न थाले । एजेन्सी 

 



प्रतिक्रिया दिनुहोस्