Logo

कारोबारको पाँचौ दिन एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार



काठमाडौं, ६ फागुन । बिहीबार नेप्से परिसुचक २५.२३ अंकले बढेर २६३६.६८ उच्च विन्दुमा पुगेको छ । यो अहिले सम्मकै उच्च विन्दु हो । बुधबार सुचक २६११ अंकमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।

आज नेप्सेले बुधबारको रेकर्ड तोड्दै नयाँ उचाई कायम गरेको हो । बिहीबार नेप्से परिसुचक अनुसार २०६ कम्पनीको ९० हजार २०२ पटक कारोबार भएर ८ अर्ब ७६ करोड २१ लख ४६ हजार ५ सय ७८ रुपैयाँ बराबरको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता बराबरको शेयर खरिद बिक्रि भएको छ ।

त्यस्तै, नेप्से इन्डेक्स १.४३ प्रतिशत ६.७७ अंकले बढेर ४८१.७८ विन्दुमा पुगेको छ । आज १२ उपसमुह मध्ये ९ उपसमुहको परिसुचक बढेको छ । जीवन बीमा, लघुवित्त र निजीवन बीमाको परिसुचक क्रमशः ०.५९, ०.६३ र ०.३८ प्रतिशतले घटेको छ ।

त्यस्तै, व्यापार उपसमुहको सबैभन्दा धेरै २.४५ प्रतिशतले परिसुचक बढेको छ । विकास बैंक उपसमुहको आज २.३३ प्रतिशत परिसुचक बढेको छ । अन्य उपसमुहको पनि आज २.६ प्रतिशतले परिसुचक बढेको छ ।

एनआईसी एशिया बैंकको सबैभन्दा धेरै ५६ करोड १ लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको प्रतिकित्ता शेयर ४० रुपैयाँले बढेर ९६३ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आज ५० करोड ८२ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको प्रतिकित्ता शेयर ४९ रुपैयाँले बढेर ५४६ रुपैयाँ कायम भएको छ ।

यसैगरी, नेप्सेको अनुसार सिभिल बैंकको २८ करोड ३८ लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको प्रतिकित्ता शेयर २२ रुपैयाँले बढेर २४५ रुपैयाँ कायम भएको छ । साताको कारोबारको अन्तिम दिन नेपाल हाइड्रो डेभलपमेन्टको १० प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट र्बैक, एभरेष्ट बैंक लिमिटेड, बेस्ट फाइनान्स कम्पनी, सिभिल बैंक लगायतको ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस्