Logo

भागरथीलाई दिनेशले बलात्कार गरेको पुष्टि गर्न सक्छौंः डिआइजी उत्तम राज सुवेदी



काठमाडौं, ६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी अहिले चर्चाको शिखरमा छन् । उनको नेतृत्वको टोलीले जटिल मानिएको भागरथी भट्टको हत्याका आरोपीलाई पक्राऊ गरेको छ । यसै विषयमा ऋषि धमलाले डिआइजी सुवेदीसँग गरेको कुराकानीः

दिनेश भट्टले नै भागरथी भट्टको बलात्कार पछि हत्या गरेको भन्ने प्रमाण के छ ?
यो अनुसन्धानकै प्रक्रियामा रहेकोले धेरै कुरा त हामी नभनौं । घटनास्थलमा निजको उपस्थिति निजको घटना प्रतिको स्वीकार्युक्ति उसको घटनास्थलमा आँउदा जाँदाको प्रत्यक्षदर्शीको हेराई जस्ता विषयहरुका आधारमा हामीले अनुसन्धान सुरु गरेको हो । अब यसमा थप अनुसन्धान भईराखेको छ ।
अपराधीलाई छिट्टै पक्राउ गरेर राम्रो काम गनुभयो । तर, दिनेशले हत्या गरेको स्वीकारे पनि बलात्कार गरेको स्वीकार गरेको छैन नि ?
यी विषयहरु मिडियामा कसरी आए भन्ने मलाई जानकारी छैन । यो अनुसन्धानकै विषयमा छ । उसले अपराध स्वीकार गरेको अवस्था छ । त्यसैलाई लिएर के के भएको हो अब हामीले जिल्ला अदालतमा पाँच दिनपछि म्याद थप लिएर अनुसन्धान प्रक्रिया सुरु गरेका छौ । यसमा सबै कुराहरु अनुसन्धान गरेर चाँडै नै यी कुराहरु सार्वजनिक गर्छौ ।
तपाईले भागरथी भट्टको हत्याको आरोपीलाई पक्रनु भयो । तर दिनेशले बलात्कार गरेको कुरा स्वीकारेका छैनन् नि त ?
यी कुराहरु स्वीकार नगरेको अवस्था छैन । कसरी हल्ला भयो मिडियामा त्यो पनि थाहा छैन । यो अनुसन्धानकै प्रक्रियामा छ । सबै कुराहरु अगाडि बढिराखेको छ ।
दिनेशले नै बलात्कार गरेको नेपाल प्रहरीसँग प्रमाण छ ?
त्यसको लागी हामीले विभिन्न् परिक्षणका प्रमाणहरु संकलन गरिराखेका छौं । विभिन्न घटनास्थलमा पाएका प्रमाणहरु संकलन गरेका छौ । यसको आधारमा उसले यो यो अपराध गरेको भनेर पुष्टी गर्छौं ।
भाई पर्नेबाट नै दिदीको के कारणले बलात्कार पछि हत्या भएछ ?
यो सामाजिक विकृति हो जुन हामीलाई भन्न पनि लाज लाग्छ । बाबुबाट छोरी, दाईबाट बहिनी बलात्कार भएका घटनाहरु सबै सामाजिक विकृतिका उपज हुन् । सामाजिक सञ्जालको दुरुपयोगका उपज हुन् । यसमा लागुऔषध दुव्यर्सना र मादक पद्धार्थले पनि विभिन्न समयमा यस्ता घटनाहरु निम्त्याएका छन् । समग्रमा भन्दा हाम्रो बालबालिकाको उमेर देखि नै नैतिक शिक्षको कमीको कारणले गर्दा घरमा पनि बुवाआमालाई छोराछोरीलाई नैतिक शिक्षा दिन समय नहुने र विद्यालयमा पनि त्यस्तो खालको वातावरण नहुने र आफूभन्दा अलि सिनिएर र अलि बदमास चरित्रका मान्छेहरुले सानै उमेर देखि नै गलत बाटो तिर जान प्रेरित गर्ने देखिएकोले पनि यस्ता खालका विकृति देखिएका छन् । अर्को तर्फ,सामाजिक सन्जालको दुरुपयोग विभिन्न अश्लील भिडियो हेर्ने कृयाकलापहरुले पनि यस्ता अपराधलाई प्रोत्साहान गरेको देखिन्छ ।
यो बलात्कार र हत्या पछिका रहस्यहरु के के छन् ?
विशेष गरेर यस्ता घटनाहरुमा कोही स्याडिस्ट भएर बस्ने स्याडिस्ट टाइपको मनमा जे आयो त्यही गर्ने खालको कसैको स्वभाव हुन्छ भने कसैलाई वातावरणले पनि प्रोत्साहान गरिरहेको हुन्छ ।
अभियुक्तको बयान बाहिर आइसकेको छ । घरायसी कारणले हत्या गरेको हुँ भन्ने के साँचो हो ?
यसमा ती पाटाहरु पनि आएका छन् । अन्य थप कारणहरु पनि के हुन् भन्ने कुरा हाम्रो विस्तृत अनुसन्धान पछि भन्छौं ।
पारिवारिक रिसिइवी छ कि छैन ?
अहिले सम्म स्वीकारयुक्तमा ती कुराहरु पनि ल्याएका छौं । तर के हो भन्ने विषय हतार होला नि ? मेडिकल चेकहरु गर्ने, उसका बयानहरु लिनेलगायतका कामहरु संगसंगै चलिरहेका छन् । अब केही दिन हामी यसमा नै गम्भीर रुपमा लाग्छौं । त्यसबाट आएका तथ्यहरु सहित हामी सबै कुराहरु सार्वजनिक गर्छौ ।
तपाईँले विभिन्न ठाउँमा अनुसन्धान गर्नुभयो । तर दिनेशको भनाई के छ ?
सबै कुरा सार्वजनिक गर्न अनुसन्धानलाई प्रभावित पार्ने कुराहरु हुन्छ । नम्सले पनि भन्न हुँदैन । यति हो उसको सवीकार युक्ति छ उसको गतिविधिका प्रमाणहरु हामीसँग आएका छन् । थप सवुत प्रमाणहरु र बयानहरु आउन बाँकी नै रहेका छन् । सबै प्रकृया सकिएपछि हामी सम्मानित अदालतमा मुद्दा बुझाउछौ ।
भागरथी हत्यामा दिनेश मात्रै हो कि अरुको पनि संलग्नता छ ?
हालसम्मको अनुसन्धानमा एक जनामात्रै देखिएको छ । यसका अन्य सम्भावनाहरु पनि हुन सक्छन् भन्ने हिसावले नै अनुसन्धान प्रकृया अगाडि बढाएका छौं ।
एकजनाले बलात्कार पछि हत्या गर्नसक्छ होला त ? सम्भावना छ ?
घटनास्थलको प्रकृति हेर्दा र विगतका अरु घटनाहरु हेर्दा शारीरिक अवस्था हेर्दा असम्भव छैन । घटनास्थलको प्रकृति के छ ?
घटनास्थलको कुरा गर्दा अलिकति भिरालो ठाउँ छ । तलतिर बन्झाराको झाडी पनि छ । खोल्सी परेको घटनास्थल छ ।
त्यहाँ तपाई जानुभयो ? हेर्नुभयो ?
त्यो ठाउँमा त म पटकपटक गइसकेँ । १२ दिन त म त्यहाँ बसेँ ।
अभियुक्त त विभिन्न कार्यक्रममा सहभागी भएको थियो ?
त्यतिखेर विद्यालय बन्द भएको थियो पछि त विद्यालयमा पनि आयो ।
तपाईँले गरेको कामको भट्टको परिवारले विश्वास गरेनन् नि ?
उहाँहरुले जाहेरी दर्ता दिइसक्नु भएको छ । कानुनि प्रक्रिया अगाडि बढिसकेको छ । अनि विस्वास गरेनन् भन्ने कसरी आयो त ?
भागरथीका परिरारजनले आफूहरुलाई विश्वास नदिलाए सम्म शव नबुझ्ने भनेका छन् नि ?
यो कुरा त मलाई जानकारी भएन । उहाँको दाजुबाट नै जाहेरी लिएर हामीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएका छौं ।
अब परिवारजन सन्तुष्ट भए ? उहाँहरुको विमति छैन ?
उहाँहरुलाई त दोषी जेल चलान भएको दिन सन्तुष्टी होला । त्यसमा सन्तुष्टि भन्दा पनि आफ्नो छोरी बहिनी नातिनी यस्तो विभत्स तरिकाले हत्या भएको अवस्थामा जोसुकै भावविहोर हुनु अस्वाभाविक होइन । सारा नेपाली भावविहोर भएको अवस्था छ । हामी सारा भावविहोर छौं भने यो अवस्थाबाट सामान्य हुन समय लाग्छ ।
तपाईँले परिवारजनसँग पनि कुराकानी गर्नुभयो, अब के गर्छन् ? शव बुझ्छन् कि बझ्दैनन् ?
अब आज बझ्नु हुन्छ होला ।
अनुसन्धान कसरी सफल भयो ?
पहिलो कुरा अनुसन्धानमा मिहेनत महत्वपूर्ण हुन्छ । दबाब बढ्ने भएकाले छिटो भन्दा छिटो अनुसन्धान गनुपर्ने हुन्छ । यसमा कुनै त्रुटी नहोस् भनेर हामीहरु सुरुका दिन देखि नै जिम्मेवारीपूर्वक अनुसन्धानका प्रकृयाहरु अपनाएर दिन रात कठोर मेहेनत गरेर टिममा काम गर्यांै । टिमका सबै साथीहरुको सक्रियताले र यसपटक राजनीतिक जगत मिडियाहरुले पनि अनुसन्धानमा असर नगरेको कारणले गर्दा सबैले सकारात्मक भुमिका खुलेको कारणले गर्दा हो ।
मिडियामा सुचना नेपाल प्रहरीले किन हतारमा दियो ?
कहिलेको कुरा गरेको भन्नुहोस् त ?
अस्ति र हिजो रातिको कुरा गरेको ?
हामीले समाजमा बसेर काम गर्नुपर्छ । हाम्रो अनुसन्धान प्रक्रिया त्यहाँको समाजसँग पिडितसँग त्यहाँको जनप्रतिनिधिसँग त्यहाँका सरोकार वालाहरुसंग काम गरिराखेका हुन्छौ । त्यसैले हामीले गरिराखेको अनुसन्धान प्रक्रिया अर्को कुनै पक्षलाई पनि जनकारी हुने हुन्छ । त्यसैले अर्को कुरा मिडियाक्रमी साथिहरु अरु त्यही समाजकै सदस्य पनि हुनुहुन्छ । हामीसँग सहयोगको लागि पनि आईरहनु भएको थियो । समाजमा नै बसेर गरेको अनुसन्धानको कुरा कतै न कतैबाट बाहिर आएको हुन सक्छन् ।
सुदुरपश्चिम प्रहरी प्रमुखको नाताले भन्दिनु होस् निर्मला पन्तको हत्यारा पत्ता लगाउन सक्नुहुन्छ ?
यो अनुसन्धानले गर्दा हाम्रो पनि मनोबल उत्तभएको छ । यो कारणले गर्दा हामीलाई विश्वास छ । जसरी अहिलेको केशमा सबैतिरबाट सहयोग पाइयो । त्यस्तै सहयोग अब निर्मला पन्तकोमा पनि पाइन्छ । भन्नेमा हामी आशावादी छौ । हामीलाई अलि उर्जा पनि प्रधान भएको छ । हामी त्यो घटनालाई पनि छिटो भन्दा छिटो तार्किक लिष्ट सम्म पुर्याउने प्रयास गर्छौं ।
त्यसोभए निर्मला पन्तको पनि अनुसन्धान जारी छ हैन ?
जारी छ । आजै हाम्रो मनोबल उच्च रहेको छ । हामी छिटो भन्दा छिटो तार्किक लिष्ट सम्म पुर्याउने प्रयास गछौ ।
कहिले समय लाग्ला डिआइजी साहेब ?
चााडो भन्दा चााडो हामी लागिराखेका छौ । अज थप उर्जाका साथ हामी लाग्छौ ।
नेपाल प्रहरीलाई सफलता मिल्ला कि नमिल्ला यो मुद्दामा ?
म यकदम उच्च आशावादी छु । मिल्छ ।
सुदुरपश्चिमको पछिल्लो अवस्था के छ ?
सुदुरपश्चिममा ठुलाठुला गुण्डाहरु ग्याड्ढफाइटहरु एकदमै कम छन् । सामाजिक अपराधहरु जस्तै महिला हिंसा, आत्महत्या, मापसे गरेर भैmझगडा गर्ने मृत्युसम्म हुने गरेका घटनाहरु छन् । यहाँको समस्याको रुपमा सवारी दुर्घटनाहरु पनि छन् ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot