Logo

जोकोभिच अस्ट्रेलियन ओपनको फाइनलमा



एजेन्सी, ६ फागुन। नोभाक जोकोभिच बिहीबार नवौं पल्ट अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् । उनले सेमिफाइनलमा रुसका क्वालिफायर एस्लान कारट्सेभलाई ६–३, ६–४ र ६–२ ले पराजित गरी फाइनलमा स्थान पक्का गरेका हुन् ।

जोकोभिच २८ औं पल्ट ग्रान्ड स्लाम फाइनल पुगेका छन् । अब आइतबार हुने फाइनलमा जोकोभिचले रुसका डानिएल मेडभेडेभ अथवा ग्रीकका स्टेफानोस सिटसिपासको सामना गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्