Logo

दिनेशले बलात्कार अस्वीकार गरेपछि प्रमाण जुटाउन प्रहरी अनुसन्धान केन्द्रित



काठमाडौं, ६ फागुन । भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्टले बलात्कार अस्वीकार गरेका छन् । उनले भागरथीको हत्या स्वीकार गरेपनि बलात्कार अस्वीकार गरेको प्रहरीले बुधबार गरेको पत्रकार सम्मेलनका दौरान खुलाएको तथ्यहरुले देखाइसकेको छ ।

भागरथीकी आमा द्रोपदीले पनि दिनेश भागरथी नाताले भाई भएकाले बलात्कार गर्न नसक्ने भन्दै विश्वास गरेकी छैनन् । पीडकको बयान बलात्कार नगरेको आएपछि प्रहरी प्रमाण जुटाउन सक्रिय भएको छ । डिआइजी उत्तमराज सुवेदीले प्रमाणहरु संकलन गरेको र त्यसकै आधारमा अपराध पुष्टि गर्ने बताए । उनले भने,‘ विभिन्न परिक्षणका प्रमाणहरु संकलन गरिराखेका छौं । विभिन्न घटनस्थलमा पाएका प्रमाणहरु संकलन गरेका छौ । यसको आधारमा उसले यो यो अपराध गरेको भनेर पुष्टी गर्छौं ।’

प्रहरीले भागरथीको भेजिनल स्वाबसँग दिनेशको डिएनए म्याच भए/नभएको परीक्षण समेत गर्दैछ । फोरेन्सिक ल्याबमा यसको परीक्षण हुनेछ । बयानका आधारमा मात्र अदालतमा बलात्कार पुष्टि नहुनसक्ने सम्भावना भएकाले प्रहरीले प्रविधिको प्रयोग समेत गरेर प्रमाण संकलन गरिरहेको हो । निर्मला पन्त बलात्कारपछि हत्याको घटनामा कतिपय प्रमाणहरु नष्ट भएको अनुभवका आधारमा यसपटक प्रहरी निकै संयमित र सक्रिय भएको छ ।

फोरेन्सिक रिपोर्टले मात्र भागरथीमाथि बलात्कार भएको या नभएको पुष्टि हुने आधार तयार हुनसक्छ । जसलाई प्रहरीले अदालतमा मुद्दा दायरका क्रममा लाँदा बलियो आधार हुनसक्छ ।

बयानमा त भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्टले करणीको प्रयास मात्र गरेको दाबी गरेका छन् । उनले बयानका क्रममा पाइन्ट फुकालेको सम्म भनेका छन् । उनले दुवै हालत घाँटी निमोठेर हत्या गरेको स्वीकारेको डिआइजी सुवेदीले पत्रकार सम्मेलनमा बताएका छन् ।
भागरथी आएपछि सडकभन्दा तल धकेलेका थिए । दिनेशले बलजफ्ती घटनास्थलमा पुर्याई दुवै हातले घाँटी थिचेको प्रहरीको बयानमा भनेको डिआइजी सुवेदीले बताएका छन् ।

‘‘पाइन्ट समेत घुँडासम्म फुकाली करणी गर्न लाग्दा…’’

भागरथीलाई दिनेशले बलात्कार गरेको पुष्टि गर्न सक्छौंः डिआइजी उत्तम राज सुवेदी

दिनेशको बयान उल्लेख गर्दै डिआइजी सुवेदीले बुधबारको पत्रकार सम्मेलनमा भनेका छन्ः ‘पाइन्ट समेत घुँडासम्म फुकाली करणी गर्न लाग्दा….।’ उसले त्यसपछि त्यत्तिकै छाडेको दाबी गरेको सुवेदीको भनाई पत्रकार सम्मेलनमा आएको छ । उनले भने,‘तर, अनुसन्धान बाँकी छ ।’

प्रहरीले दिनेशमाथि कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कानुनका आधारमा अनुसन्धान बढाएको बताएको छ । उनीमाथि अनुसन्धानका लागि हिजो नै पाँच दिनको म्याद थप्न अदालतबाट अनुमती मागे अनुसार प्राप्त भइसकेको छ ।

भागरथीको आमाले दिनेशले हत्या गरेको पत्याइनन्, शव बुझ्न अस्वीकार

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो । हत्याको १४ दिनपछि आरोपी दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो ।

‘१६ को केटाले १७ की केटीलाई कसरी मार्यो ?’

अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ

भागरथी हत्याका अभियुक्त दिनेश भट्टलाई म्याद थप

भागरथीका दाई शंकर भट्टद्वारा दिनेश भट्टविरुद्ध किटानी जाहेरी

प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो

प्रतिशोध लिन भागरथीमाथि बलात्कार, गाउँमा भनिदिने डरले हत्या

डिआइजी उत्तम सुवेदीले ‘भागरथी हत्या’ का दोषी यसरी पत्ता लगाए

यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक

भागरथी हत्याका अभियुक्त पक्राऊ, छिमेकी युवाद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार

भागरथी भट्टका हत्यारालाई एक/दुई दिनमै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी 

भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने

भागरथी भट्ट हत्या प्रकरणका दोषीलाई छिट्टै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी (अन्तर्वार्ता)



प्रतिक्रिया दिनुहोस्