Logo

राष्ट्रपति भण्डारीद्वारा प्रचण्ड निकट तिलक परियार प्रदेश २ को प्रमुखबाट पदमुक्त



काठमाडौं, ७ फागुन । आज प्रजातन्त्र दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई जिम्मेवारीबाट हटाएकी छिन् । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् परियारलाई पदमुक्त गरिएको जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार परियारलाई पदमुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । उनलाई संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम प्रदेश नं. २ को प्रदेश प्रमुखबाट पदमुक्त गरिएको जनाइएको छ ।

परियार नेकपा अध्यक्ष प्रचण्डनिकट हुन् । उनलाई पदमुक्त गर्नुले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच टकराव झन् बढ्ने देखिएको छ ।

नेकपा विभाजन भएपछि ओली र प्रचण्ड एक अर्कालाई कमजोर बनाउन लागेका छन् । प्रदेशहरुमा मुख्यमन्त्रीहरुविरुद्ध धमाधम अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश ३ र १ मा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । दुवै प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् ।



प्रतिक्रिया दिनुहोस्