Logo

रौतहटका राजेश झा प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त



काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले राजेश झालाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी छिन् । उनले आज मन्त्रिपरिषदको सिफारिसमा झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् झाको प्रदेश प्रमुखमा नियुक्तिबारे जानकारी गराएको छ ।

यसअघि राष्ट्रपति भण्डारीद्वारा प्रचण्ड निकट तिलक परियार प्रदेश २ को प्रमुखबाट पदमुक्त गरिएका थिए । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् परियारलाई पदमुक्त गरिएको जानकारी दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्