Logo

को हुन् प्रदेश २ का प्रदेश प्रमुख नियुक्त राजेश झा



काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरेकी राजेश झा राजेश अहिराजका नामले परिचित छन् । पेशाले पत्रकार उनी मधेशबाट पृथक धारको बहस चलाउँदै आएकामा पर्छन् । झाको स्थायी घर रौतहट हो ।

मधेश मिडियो हाउसमा सक्रिय राजेश झाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी धारलाई साथ दिदै आएका थिए । उनी संघीयताको अध्यासबारे समेत आलोचना गर्थे ।

उनले आजमात्र टेलिभिजन अन्तवार्तामा संघीयताको नाममा खण्डीकरण गराइदिएको र तीन तहको सरकारको नाममा तीन तहको लुटेराहरुको समूह पठाएको अभिव्यक्ति दिएका थिए । संघीयताको नाममा जनतालाई करको मारमा पारिएको भन्दै आलोचना गरेका थिए ।

आज मन्त्रिपरिषदको सिफारिसमा झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् झाको प्रदेश प्रमुखमा नियुक्तिबारे जानकारी गराएको छ ।

यसअघि राष्ट्रपति भण्डारीद्वारा प्रचण्ड निकट तिलक परियार प्रदेश २ को प्रमुखबाट पदमुक्त गरिएका थिए ।



प्रतिक्रिया दिनुहोस्