Logo

संसद विघटनले देशमा संकट निम्त्याएको जीपी कोइराला सम्वर्धन केन्द्रको ध्यानाकर्षण



काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोे कदमले देशलाई संकटतर्फ धकेलेको भन्दै जी.पी कोइराला सम्वर्धन केन्द्रले ध्यानाकर्षण गराएको छ । प्रजातन्त्र दिवसको अवसरमा जीपी कोइराला सम्वर्धन केन्द्रले आज (शुक्रबार) इमपेरियल कलेजमा आयोजना गरेको कार्यक्रममा संविधान विद् र नेताहरुले देशमा संकट निम्तिएको बताएका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजाल, संविधान विद् विपीन अधिकारी, ओपन युनिभर्सिटीकी डिन सिलु मान्नधर बज्राचार्य तथा कार्यक्रमका आयोजक बलदेव लिमिल्सेनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीद्वारा चालिएको कदमले देशलाई संकट तर्फ धकेलेको जिकीर गरेका थिए । उनले भने,‘शान्ति प्रक्रियाबाट आएको संविधान अहिले धरापमा पारेको छ । यसलाई जोगाउन उपयुक्त कदम चाल्नु आवश्यक रहेको छ ।’ अहिले देशमा निम्तिएको घटनाक्रमले देश संकटतर्फ पुगेको बताए ।

त्यसैगरी कार्यक्रममा संविधान विपीन अधिकारीले २००७ साल अघि देखि अहिलेको मिती सम्ममा पनि प्रजातन्त्र असुरक्षित रहेको ठहर गरे । उनले भने,‘अहिलेको व्यवस्था कुक्र रहेको छ । यसको निराकरण गर्न जरुरी रहेको छ । अध्ययन र अनुसन्धानको मार्गबाट नै यसको उचित निराकरण गर्न जरुरी छ ।’ प्रधानमन्त्रीसित संसद विघटन गर्न सिधा अधिकार नरहेको समेत उनले स्पष्ट पारे ।

त्यसैगरी कार्यक्रममा ओपन युनिभर्सिटीकी डिन सिलु मान्नधर बज्राचार्यले देशमा शिक्षा र संवैधानिक संकट निम्तिएको बताइन् । उनले भनिन्,‘कोभिड–१९ले त्यसै त शिक्षा क्षेत्रलाई पछाडी पर्यो र अहिले प्रधानमन्त्रीले निम्तियाएको संकटले समेत शिक्षा क्षेत्रमा ठूलो असर परिरहेको छ । यसको उचित निराकरण गर्न आवश्यक छ ।’ दल लोकतन्त्रमा सबै भन्दा ठूलो निकाय भन्दै छिटो भन्दा छिटो यसको निराकरण दलहरुलाई गम्भीर हुन् आग्रह गरिन् ।

उक्त संस्थाका संस्थापक बलदेव तिमिलसेनाले हामी निरन्तर यस विषयमा शान्तिपूर्ण ढंगले आवाज उठाउने बताए । उनले भने,‘प्रजातन्त्रको अवसर पारी हामी आयोजनमा गरेका छौँ । यस्तै प्रकारका आयोजनाहरु हामी निरन्तर गर्ने छौँ ।’

त्यसैगरि कार्यक्रमका संयोजन बिपिन अधिकारीले लोकतन्त्रलाइ निरन्तरता दिन अवस्यक रहेको ठहर गरेका छन्। उनले भने जनताको हक अधिकार सुसुचित गर्छु। लोकतन्त्रको अधिकारी कसलाई खोस्न दिदैनौ। जनताका अधिकार खोस्ने इतिहासमा बिलिन भए नया आउनेहरुलाई पनि यो कुराको आवश होस्। यस संकटको निरंकरण गर्न सम्पूर्ण दलहरुलाई एक ठाउँमा आउन समेत उनले आग्रह गरे।



प्रतिक्रिया दिनुहोस्