Logo

संसद् पूनःस्थापना नभए मुलुक युद्धमा जान्छ : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी (भिडिओसहित)



काठमाडौं, ७ फागुन । वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले संसद् पूनःस्थापना नभए मुलुक आन्तरिक गृहयुद्धमा जाने टिप्पणी गरेका छन् । उनले आफूलाई अदालतले संसद पूनःस्थापना गर्ने पूरा विश्वास रहेको पनि सुनाए । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने-“मलाई पूरा विश्वास छ, कि प्रधानन्यायाधीशसहित अरु न्यायाधीशहरुले बुद्धि पुर्याउनेछन् । देश बचाउनेछन् । र, न्याय गर्नेछन् । संसद पूनःस्थापना नभए के हुन्छ ? भनेर सोधिएको प्रश्नमा अधिवक्ता भण्डारीले भने, विद्रोह हुन्छ । देश बिग्रिन्छ । स्वाहः हुन्छ । देश विद्रोहमा निश्चय जान्छ । देशभक्त चुप लाग्नेवाला छैनन् । त्यसैले देशमा विद्रोह हुन्छ । अस्थिरता हुन्छ । देशमा तबा हुन्छ । आन्तरिक युद्धमा जान्छ । त्यसैले म त विश्वास गर्छु यत्रो ठूलो गल्ती अदालतले गर्नेछैन् । त्यसैले अदालतले निश्चय साथ कानूनको रक्षा गरेर, संविधानको रक्षा गरेर संसद विघटनलाई विघटन गर्छ । अगर गरेन भने देश खाडलमा जाने कुराको अदालत दोषी हुन्छ । ईतिहासले माफी गर्दैन् । त्यसैले देशलाई खाडलमा पुर्याउने, देशलाई अन्धकारमा पुर्याउने यदि कोही हुन्छ भने त्यो अदालत नै हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्