Logo

बाबुरामको टिप्पणी : चुनावी सरकारले ठूला योजनाको ठेक्क गर्न मिल्दैन्



काठमाडौं, ८ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली नेतृत्वको सरकार चुनावी सरकार भएकोले यसले ठूला योजनाको टुँगो र ठेक्क गर्न नमिल्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो लेखेका हुन् । उनले आफू ठूला पूर्वाधार योजना र विदेशी लगानीको विरोधी नभएको पनि जिकिर गरेका छन् । उनले सञ्जालमा लेखेका छन्-“कुनै भ्रम नरहोस्-म ठूला पूर्वाधार योजना र विदेशी लगानीको विरोधी हैन।बरू राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा राख्ने र भारत/चीन/अमेरिका/जापान सबैसंगBIPPA सम्झैता गर्नुपर्छ भन्ने मान्छे हुॅ।तर अहिलेको आफैले घोषणा गरेको’चुनावी सरकार’ले यस्ता ठूला योजनाको टुंगो/ठेक्का गर्न मिल्दैन!”



प्रतिक्रिया दिनुहोस्