Logo

गोदावरी खोला क्षेत्र सरसफाईको १०३ औं हप्ता (फोटोफिचर)



ललितपुर, ८ फागुन । गोदावरी खोला क्षेत्र सरसफाई अभियानको आज १०३ औं हप्ता । आज ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सरसफाईमा सहभागी भए ।

निरौलाले खोला क्षेत्रको अवलोकन गर्नुका साथै सरसफाई अभियानबारे जानकारी लिएका थिए । अभियानकी संयोजक बेबी राजभण्डारीको नेतृत्वमा सरसफाई अभियान चलिरहेको छ । आज सिद्धिपुर लुभु खोला जोड्ने पुल क्षेत्रमा सरसफाई गरिएको थियो ।

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्