Logo

ओली समूहमा लागेका शेरबहादुर तामाङले भने–’म पद त छोडेर हिँडेको मान्छे हुँ’ (भिडिओसहित)



काठमाडौं, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहमा भर्खरै प्रवेश गरेका शेरबहादुर तामाङले अब सधैं ओली समूहमै रहने प्रतिबद्धता जनाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिले देखिएको पार्टीभित्रको समस्याको समाधान गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले आफू पदीय लोभमा परेर ओली समूहमा नलागेको पनि जिकिर गरे । यसअघि पनि आफूले पद छोडेर हिँडेको पनि उनले सुनाए । आफूलाई जिम्मेवारी दिईए कुशलतापूर्वक उक्त जिम्मेवारी निर्वाह गर्ने पनि विश्वास दिलाए । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्