Logo

प्रधानमन्त्री ओलीविरुद्ध खनिए गुरुङ (भिडिओसहित)



काठमाडौं, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली संविधानविपरित हिँडिरहेको टिप्पणी गरेका छन् । संसद विघटनसम्बन्धी मुद्दामा संविधानअनुसार संसद विघटन गर्न नपाउने व्यवस्था गरिएको उनको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । दुई नम्बर प्रदेशलाइृ हटाएको विषय, सभामुख र उपराष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्ति हेर्दा प्रधानमन्त्री ओली निषेधको राजनीतिबाट अघि बढेको पनि उनले टिप्पणी गरे । उनले ओलीको चिन्तन फाँसीवादी खालको रहेको पनि सुनाए । प्रधानमन्त्री ओलीले संविधानको कुनै धारा वा दफा नमानेको पनि उनको आरोप छ । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्