Logo

विप्लवसँग सरकारले तत्काल वार्ता गर्नुपर्छ : डा. दिक्षित



नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दिक्षितले सरकारले विप्लव नेतृत्वको नेकपासँग तत्काल वार्ता गर्नुपर्ने सुझाव दिएका छन् । विप्लव समूहपनि सरकारसँग वार्ताको लागि सकारात्मक हुनु खुशीको कुरा भएको उनको प्रतिक्रिया छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दिक्षितले यस्तो बताएका हुन् । उनले सरकारले पनि विप्लव समूहमाथि लगाएको प्रतिबन्ध तत्काल हटाउनुपर्ने धारणा राखे । प्रस्तुत छ दिक्षितसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

यहाँले कोभिडविरुद्धको भ्याक्सिन लगाउनुभयो ?

हो, मैले लिएँ । केही समस्या पनि भएन । अहिले आरामसंग बसिराखेको छु ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ता गर्न सकारात्मक भयो नि, यहाँले कसरी लिनुभएको छ ?

मलाई खुब खुशी लाग्यो । किनभने एउटा नेपाली समूहलाई जस्तोसुकै भएपनि मुख्यलाईन भन्दा बाहिर राख्नु हुँदैनथियो । माओवादीलाई पनि हामीले शान्ति प्रक्रियामा ल्याएकै हांै । एमाले, मालेलाई पनि हामीले ल्याएकै हांै । कसैलाई पनि बाहिर राख्नु हुदैन् । मलाई त खुशी लाग्यो । उनीहरुका कार्यक्रता÷नेता सबै छोडिदिनुपर्छ । मेरो विचारमा वार्ता हुन्छ । नत्रभने भाँझो हाल्ने धेरै हुन्छन । विप्लवलाई मिलाउन नदिने यहाँ धेरै मान्छे लागेका हुन्छन् हेर्नुहोस । किनभने यहाँ त ओलीलाई डाउन गर्नुछ । अहिले विप्लवलाई नकारात्मक गरिदिओ भनेपछि त ओली खत्तम हुन्छन । त्यसैले ओली सरकारको बुद्धी छ भने तत्कालै विप्लवलाइ ल्यायो भनेदेखी राम्रो कुरा हुन्छ । विप्लवलाई शान्ति प्रक्रियामा ल्याउनु असाध्यै राम्रो कुरा हो ।

विप्लवको शर्त छ–पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्छ ? बन्दी नेता र कार्यक्रतालाई रिहाई गर्नुपर्छ ? वार्ताको लागि औपचारिक पत्राचार गर्नुपर्छ सरकारले पनि भनिएको छ नि ?

यो त पक्का कुरा हो नि, थुनेको थुनै गर्ने अनि वार्तामा आउ भनेर हुन्छ ? उतिखेर माओबादी पनि आउदैन थिएनन् नि । माओबादी आउ आउ भन्ने एक हातले अर्को हातले थप्पड हान्दै जाने के आउँछन भनेर हामीले उतिबेला नै भनेका थियांै । अहिलेपनि विप्लवको एकदम ठिक हो वार्ताबाट कामचलाउ पत्राचार गर, उनका कार्यक्रता छोडीदेउ । उनीहरुमाथि जुन बिल्ला लगाएको छ, यो तत्काल झिकिदिन पर्छ । मुख्य कुरा त्यही नै हो ।

सरकारले वार्ता गर्छौ तर विप्लवले व्यक्ति हत्या छोड्नुपर्छ भनेको छ नि ?

त्यो त त्यही हो । उनीहरुले व्यक्ति हत्या गरेका पनि छैनन् नि त । माओवादीले जति, त्यसोभए प्रचण्ड ओलीसंग के खानको लागि मिलेको त ? त्यो त भएन नि । अहिले उनीहरुले कसैको व्यक्ति हत्या त गरे छैनन् नि । जो बम पडुकिँदाखेरि भएको कुरामा यथार्थ छ । अहिले एउटा हत्या भएको छ । त्यो पनि उनीहरुले हामीले गरेको होईन भनिसकेँ । त्यो कन्फ्युजमा परेको छ । एउटा शिक्षकको हत्या नराम्रोसंग भएको छ । त्यस्तो हत्या रेगुलर भइराखेका छैनन् । माओवादीको समयमा हुन्थ्यो । त्यसैले अहिलेको हत्या जुन छ, त्यसको छानबिन हुँदै गर्छ । विप्लवहरुमाथि लगाईएको प्रतिबन्ध त तत्काल फुकुवा गरिहाल्नु पर्छ ।

वार्ताको एजेण्डा कसरी सम्बोधन हुनसक्छ ?

यसमा त केही पनि गाह«ो छैन् । किनभने माओवादीको त्यत्रो जनयुद्ध त वार्तामा आयो भनेपछि । अब त पुरा अनुभव छ । क्रान्तिकारी भनेर उनीहरूलाई जुन विल्ला लगाईएको छ, त्यस्तालाई वार्तामा ल्याउन त हामीसंग प्रशस्त अनुभव छ । सिके राउत त तराईबाट त्यसरी ल्याएको छ । गृहमन्त्रालयसंग प्रशस्त अनुभव छ । सरकारसंग अब त्यसैमा टेकेर विप्लवलाई ल्याउन कुनै आपत्ति छैन । उनीहरूले मेरा हत्याका दोषीलाई मुद्दा फिता गर भनेर भनेका होलान् । माओवादीको पालामा उनीहरुले पनि त्यही भनेका थिए । यसको बाटो जति पनि छ गर्न केही पनि गाह«ो छैन । FILE PHOTO/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्