Logo

मेडभेडेभलाई हराउँदै जोकोभिकलाई अष्ट्रेलियन ओपनको उपाधि



एजेन्सी, ९ फागुन । विश्व नम्बर एक नोभाक जोकोभिकले अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् । उनले डानिल मेडभेडेभलाई पराजित गरी किर्तिमानी नवौं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका हुन् ।

सर्वियाका जोकोभिकले पहिलो सेटमा कठिन जित हासिल गरेपनि दोस्रो र तेस्रो सेटमा मेडभेडेभलाई कमजोर सावित गरिदिए । खेल ७-५, ६-२ र ६-२ मा जिते ।

रुसी चौंथो वरियताका मेडभेडेमले दुवैपटक ग्रान्ड स्लामको फाइनल गुमाएका छन् । यसअघि उनी सन् २०१९ मा राफेल नाडालसँग युएस ओपनको फाइनलमा पराजित भएका थिए । लगातार २० म्याच जितेका मेडभेडेभ अष्ट्रेलियन ओपनको फाइनलमा रोकिएका छन् ।



प्रतिक्रिया दिनुहोस्