Logo

निफमा ३१ देशका ६३ फिल्म



काठमाडौं, फागुन १० । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनि आयोजना गर्दै आइरहेको चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि ३१ देशका ६३ फिल्म चयन भएका छन् ।

५२ देशबाट ४ सय ५० फिल्म प्राप्त भएकामध्ये ६३ फिल्म छनोट गरिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकको भनाई छ । निफको चौथो संस्करण आगामी वैशाख २३ देखि २७ गतेसम्म राजधानीमा हुन गैरहेको हो।

विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ आयोजना हुने फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराई अवार्ड प्रदान गरिने आयोजकको भनाई छ। कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्