Logo

प्रधानमन्त्रीको मुखबाट सांसद किनबेचको कुरा आउनु नै आपत्तिजनक हो : पूर्व न्यायाधीश केसी (भिडिओसहित)



काठमाडौं, १० फागुन । पूर्व न्यायाधीश बलराम केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा आफूहरुको पक्षमा फैसला नगरे आन्दोलन गर्छु भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । प्राइम टिभीबाट हिजो राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले भने,‘त्यो भनाई मलाई ठिक लागेन् । देशको कार्यकारी प्रमुख, कार्यकारी अधिकारसम्पन्न मन्त्रिपरिषदको अध्यक्ष प्रधानमन्त्री, सबभन्दा पहिला संयम भएर कोर्टलाई सम्मान गर्नुपर्ने उहाँको काम हो । हाम्रो कल्चर कस्तो भयो भने रुल अफ ल र जुडिसियल सुप्रिमेसी कोर्टलाई हामीले मान्ने नै भएनौं । नेताहरु पदमा गएपछि राज्यको म सुप्रिम हुँ, अरु सबै म अन्तर्गतका हुन भन्ने ट्रेण्ड भयो ।’

तर, प्रधानमन्त्रीले संसद पूनःस्थापना भयो भने राजनीतिक अस्थिरता सुरु हुन्छ र सांसद किनबेच सुरु हुन्छ भनेर चिन्ता व्यक्त गर्नुभएको छ नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,–‘त्यो हेर्नुहोस, उहाँको टङ्ग स्लिप भएको हो कि आँफै त्यसमा पल्किएको हो कि ? न ईन्भल्भमेन्ट हुनुहुन्थ्यो कि ? त्यो किनबेच हुन्छ भन्ने कुरा देशको राज्य सञ्चालन गर्छु, म यो देशलाई अगाडि बढाउँछु भनेर बसेको मान्छेबाट त्यस्तो मुखबाट आउनुहुन्छ ? त्यो नै एउटा आपत्तिजनक कुरा हो । त्यो कुरा आउनै हुँदैन थियो ।’



प्रतिक्रिया दिनुहोस्