Logo

कोभिड–१९ को लक्षणहरुको ९ महिनासम्म अनुभव



एक तिहाई मानिसहरुले कोभिड–१९ रोगको परीक्षण भइसकेपछि यसका सुस्त लक्षणहरुको अनुभव ९ महिनासम्म गरेका छन् । सुरुवातमा यसको लक्षणहरु हल्का देखिने र लामो समयसम्म रहिरहने एक नयाँ अध्ययनले पत्ता लगाएको छ ।

वासिङ्टन युनिभर्सिटीबाट उक्त अध्ययनका अनुसन्धानकर्ताहरुले सिएटल क्षेत्रका १७७ जना मानिसहरुमा कोभिड–१९ रोग संक्रमणको पुष्टि गरिएको जानकारीको विश्लेषण गरेका थिए । जसमा उनिहरुले ३ देखि ९ महिनासम्म अनुसन्धान गरेका थिए । त्यसमा धेरै जना ८५ प्रतिशत वा १५० जना मानिसहरुमा कोभिड–१९ को हल्का लक्षणहरु भएको तर अस्पतालमा भर्ना नभएको भेटाएका थिए भने ११ जना (६%) मा कुनै लक्षणहरु नै थिएन र १६ जना (९%) अस्पतालमा भर्ना भएको भेटाएका थिए ।

समग्रमा ३२.७% मानिससँग हल्का लक्षणहरु देखिएको थियो भने ३१.३% मानिस अस्पतालमा भर्ना भएको रिपोर्ट गरिएको थियो । उक्त मानिसहरुसँग कम्तिमा एक लगातार लक्षण थियो जुन परीक्षणपश्चात् कम्तिमा ३ महिनापछि देखिएको थियो । सबैभन्दा बढी लगातार हुने लक्षणमा थकानको महशुस हुने, गन्ध र स्वाद हराउने, मासंपेशी दुख्ने र सास फेर्न समस्या हुने देखिएको थियो । वास्तवमा केहि मानिसहरुमा कोभिड–१९ को यस्तो सुस्त लक्षणहरु विकास भएको हुन्छ जसलाई लङ् कोभिड भनिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot