Logo

खुर्कोट सिन्धुलीको नवनिर्मित भवन उद्‍घाटन



सिन्धुली, १० फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको नवनिर्मित भवन उद्‍घाटन भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले गोलान्जोर गाउँपालिका–७ खुर्कोटस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको नवनिर्मित कार्यालय, ब्यारेक तथा भान्सा घरको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका हुन् । साथै उजले नवनिर्मित भवनको निरीक्षण समेत गरे ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे र गोलान्जोर गाउँपालिकाका प्रमुख पुष्प बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले स्वागत मन्तव्य तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक ई.ईश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्