Logo

प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे



काठमाडौं, १० फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सर्वोच्च अदालतमा डाके । जबराले बोलाएपछि दिउँसो थापा सर्वोच्च अदालतमा पुगेर जबरालाई भेटे । दुवैबीच एक घन्टाभन्दा बढी समय भेट भयो ।

विश्वस्त स्रोतका अनुसार जबरा र थापाबीच देशको पछिल्लो घटनाक्रमबारे विशेष कुराकानी भयो । तर, भेटको मुख्य विषय भने सर्वोच्च अदालतको ५ अर्ब लागतको भवन निर्माणसम्बन्धी विषय थियो ।

नेपाली सेनाको क्याप्लरी रहेको सिंहदरबारस्थित खाली जग्गामा सर्वोच्चले भवन बनाउन लागेको छ । यसबारे कुरा मिलाउन प्रधानन्यायधीश जबराले प्रधानसेनापति थापालाई बोलाएका थिए ।

एक अर्ब नोक्शान पार्ने गरी सेटिङमा सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का

सर्वोच्च अदालतको भवन निर्माणसम्बन्धी प्राविधिक प्रस्तावबाट समानान्तर जेभी छनोट भई आर्थिक प्रस्ताव पेश गर्न भनिएको छ । अब १६ फागुनमा समानान्तरलाई ठेक्का दिने गरी खोलिदैछ ।

यसैगरी, सेनाले फाष्ट ट्रयाकको दुईवटा प्याकेजको ठेक्काको प्राविधिक प्रस्तावबाट दुईवटा चिनियाँ कम्पनी छनोट गरेको छ । आर्थिक प्रस्तावका लागि आव्हान गरिसकिएको छ ।



प्रतिक्रिया दिनुहोस्