Logo

सुन जस्तो देखिने पहेँलो धातु सहित एक पक्राउ



काठमाडौं, १० फागुन । सुन जस्तो देखिने पहेँलो धातु सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं पेप्सीकोला बस्ने सर्लाही मलंगवा घर भएका ४१ वर्षीय मो.मेराज मिकरानीलाई १ सय ५० ग्रामको ३ थान सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ एरियामा कतार एअरवेयजको उडानद्वारा दोहाबाट आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा संकलन गरी उक्त वस्तु लैजान लागेको अवस्थामा फेला पारी मिकरानीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मिकरानीलाई बरामद बाला सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्