Logo

गोकुल बाँस्कोटाको दाबी : एक-दुई-तीन संसद पूनःस्थापना हुँदैन, सूर्य चिन्ह ओलीकै हुन्छ



काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली युवा नेता गोकुल प्रसाद बाँस्कोटाले संसद पूनःस्थापना नहुने दाबी गरेका छन् । र, सूर्य चिन्हपनि प्रधानमन्त्री आली नेतृत्वको नेकपाकै हुने उनको दाबी छ । आज मध्यरातमा सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो दाबी गरेका हुन् ।

बाँस्कोटाले एक, दुई तीन संसद पूनःस्थापना नहुने दाबी गरेका छन् । उनले लेखेका छन्-“अदालतमा विचाराधीन मुद्दालाई बाेलेर लेखेर प्रभावित पार्ने हाे भने मैले पनि लेखे ल !एक -दुई -तीन संसद पुनःस्थापना हुदैन चुनावपछि नयाँ संसद बन्छ।साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ।किनभने वस्तुगत सत्यवाहेक बाँकी सबै भ्रम हुन।प्रतिकृया त जे लाग्छ साे देऊ न।”



प्रतिक्रिया दिनुहोस्