Logo

भारतमा हुने ब्रिक्स सम्मेलनलाई चीनको साथ, चिनियाँ राष्ट्रपति सी चिनफिङले भाग लिने अपेक्षा



एजेन्सी, ११ फागुन । २०२१ को मध्यतिर हुने ब्रिक्सको सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सहभागिता जनाउने अपेक्षा गरिएको छ । चीनले ब्रिक्सको ११ औं सममेलनलाई समर्थन गरेपछि चिनफिङले भारत भ्रमण गर्ने अपेक्षा गरिएको हो ।

टाइम्स अफ इन्डियाले कोरोना भाइरसको संक्रमणमा सुधार भएमा यसै वर्षको मध्यतिर ब्रिक्स सम्मेलन हुने र चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि सहभागी हुनसक्ने उल्लेख गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले ब्रिक्स सहयोगी मेकानिजमको महत्व उल्लेख गर्दै सद्भाव र सहयोगमा जोड दिएपछि ब्रिक्स सम्मेलन यसै वर्ष हुने र चीनबाट राष्ट्रपति चिनफिङ सहभागी हुनसक्ने संकेत मिलेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले चीनले भारतले आयोजन ागर्न लागेको ब्रिक्स सम्मेलनलाई साथ दिने बताएका थिए ।

भारत र चीनबाट सीमामा झडप भएपछि तनाव बढिरहँदा ब्रिक्स सम्मेलनको विषय उठेको हो । ब्रिक्स सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच महत्वपूर्ण कुराकानी हुने अपेक्षा गरिएको छ ।

ब्रिक्समा चीन, भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिका गरी पाँच देश रहेका छन् । यी पाँचै देश उदीयमान शक्तिका रुपमा चिनिन्छन् ।



प्रतिक्रिया दिनुहोस्