Logo

केपी ओलीसँग पार्टी चलाउने क्षमता नै छैन, राष्ट्रवादी नेता भन्नु नाटक हो : राधाकृष्ण मैनाली (भिडिओसहित)



काठमाडौं, ११ फागुन । वामपन्थी नेता राधाकृष्ण मैनालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी चलाउने क्षमता नभएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले पार्टीमात्रै नभएर सरकार पनि चलाउन नसकेको उनको आरोप छ । प्रधानमन्त्री भएपछि ओलीले नयाँ काम केही पनि नगरेको उनको जिकिर छ । पत्रकार धमलाले केपी ओलीलाई जनताले राष्ट्रवादी नेता भन्छन् नि ? भनेर सोधेको प्रश्नमा उनले भने–‘त्यो गलत हो, सबै नाटक हो ।’



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम