Logo

ओलीलाई ‘नेपाली राजनीतिका धरहरा व्यक्तित्व’ भन्दै सूर्य थापाले दिए जन्मदिनको शुभकामना



काठमाडौं, ११ फागुन । आज प्रधानमन्त्री केपी शर्मा ओलीको ७०औं जन्मदिन हो । उनलाई नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना व्यक्त गरिरहेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले ओलीलाई आइरन स्टाण्ड, दृढ निश्चयी र स्वप्नदर्शी, नेपाली राजनीतिका धरहरा व्यक्तित्व, लोकप्रियस, सबल र अटल नेतृत्वको संज्ञा दिएका छन् ।

उनले सञ्जालमा लेखेका छन्–

आइरन स्टाण्ड –
दृढ निश्चयी र स्वप्नदर्शी
नेपाली राजनीतिका धरहरा व्यक्तित्व
लाेकप्रिय, सबल र अटल नेतृत्व
प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई
७० ओैं जन्मदिनकाे अवसरमा
हार्दिक शुभकामना !


प्रतिक्रिया दिनुहोस्