Logo

बाबुराम विहान ९ बजेदेखि अस्पताल भर्ना



काठमाडौं, ११ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारतको नयाँ दिल्लीस्थित् यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका छन् । स्वास्थ्योपचारको लागि उनी आइृतबार दिल्ली गएका थिए । भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेखेका छन्

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा विहान ९ बजेदेखि भर्ना गरिएको छ । आज दिनभर उहाँलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ । ११ फागुन २०७७ ।



प्रतिक्रिया दिनुहोस्