Logo

खैरो हेरोइनसहित पक्राउ



मोरङ, ११ फागुन । अवैध लागूऔषध खैरो हेरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१६ दुर्गा मन्दिर नजिकबाट करिब ३ ग्राम ९ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित उदयपुर कटारी नगरपालिका–७ तकिया बस्ने २१ वर्षीय रुपेश फुयाल सोमबार दिउँसो पक्राउ परेका हुन् ।

को.२ ह ३७२९ नम्बरको टेम्पोलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा टेम्पोभित्र लुकाई ल्याएको उक्त खैरो हेरोइन सहित फेला पारी टेम्पो चालक रुपेशलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्