Logo

गाँजासहित दुई पक्राउ



महोत्तरी, ११ फागुन । अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जलेश्वर नगरपालिका–३ रातो पुल नजिकैबाट करिब ३० किलो अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय बिजय पासवान र सोही ठाउँ घर भएका २० वर्षीय गुडु कुमार रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot