Logo

लागूऔषध मुद्दाका फरार प्रतिवादी ७ वर्ष पछि पक्राउ



काभ्रपालाञ्चोक, ११ फागुन । लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । लागूऔषध मुद्दाका फरार प्रतिवादी रोशी गाउँपालिका–११ ठेगाना भएका राजिब भन्ने २९ वर्षीय मणिराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत भक्तपुरको २०७१ फागुन १९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले सोही गाउँपालिका–११ स्थित लुकीछिपी बसीरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनलाई कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्