Logo

नेपालमा सामाजिक न्यायको मुद्दा सामुहिक रुपमा उठाउनु पर्ने माग



काठमाडौं, ११ फागुन । सामाजिक न्यायको बिषय अब नेपालमा सामुहिक रुपमा उठाउनु पर्ने अवस्था आएको एक कार्यक्रमका सहभागीले जोड दिएका छन ।अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो कुरा उठाएका हुन । मानव अधिकार तथा अन्य विभिन्न अधिकारको क्षेत्रमा क्रियाशील १८ वटा सामाजिक संघसंस्थाले आयोजना गरेको नेपालमा सामाजिक न्याय सम्बन्धि अन्तरसंवाद कार्यक्रममा यो बिषयमा व्यापक अन्तरक्रिया तथा छलफल भएको थियो ।

नेपालमा सामाजिक न्यायको बिषयमा विगत देखि वकालत गर्दै आएका विश्वभक्त दुलाल (आहुति) ले उक्त कार्यक्रम एक कार्यपत्र प्रस्तुत गरेका थिए ।उक्त कार्यपत्रमा डाक्टर उद्वव कार्की र अधिवक्ता शान्ति देवि खनाल टिप्पणीकर्ताको रुपमा रहेका थिए । कार्यपत्र प्रस्तुतकर्ता आहुतिले नेपाली समाजमा अन्यायका मुद्दाहरु र तिनको स्रोत ,जात व्यवस्था ,पितृसत्तावाद,जातीय उत्पीडन,धार्मिक उत्पीडन,क्षेत्रीय उत्पीडन,वर्गीय उत्पीडन,सामाजिक न्यायको निम्ति प्रयत्न र आजको स्थिति ,आदि बिषषहरु समेटेका थिए ।

टिप्पणी कर्ता र सहभागीहरु नेपालको संविधानमा सामाजिक न्याय सम्बन्धि गरिएका व्यवस्थाहरु प्रयाप्त नभएको र भएका व्यवस्थाहरुको ब्यवहारीक रुपमा कार्यन्वयन नभएको कुरा उठाए । अब नेपालमा एक्लाएक्लै भन्दा पनि सामाजिक न्यायको बिषय सामुहिक रुपमा उठाउनुपर्ने उनीहरूको धारणा थियो ।यी मुद्दाहरु संयुक्त रुपमा उठाए मात्रै राज्यले सुन्छकि भन्ने आशा हो अपांगता समुदायकि अधिकारकर्मी मिना पौडेले भनिन् ।

यस्तै कार्यक्रममा प्रतिनिधिमुलक ढंगले निलहिरा समाज बाट मनोरञ्जन वैद्य,मुसलिम समुदाय बाट डाक्टर समिम अहमद ,बौद्व धर्मावलम्बी बाट बसन्त महर्जन र इसाई समुदाय बाट समीर अधिकारीले पनि सामाजिक न्यायको नेपालको अवस्था बारे कुरा राखेका थिए । कार्यक्रमको सहजीकरण सोच नेपालका महासचिव अर्जुन परियारले गरेका थिए भने कार्यक्रम संचालन फ्रिडम फर अल नेपाल (फान) नेपालका महासचिव खगेन्द्र ओलीले गरेका थिए । उक्त कार्यक्रमको निष्कर्षलाई आयोजकले प्रधानमन्त्री,तथा विभिन्न सरोकारवाला निकाय समक्ष बुझाउने तयारी गरेको छ ।

बुझाउने बताएको छ ।यस अगाडि आयोजक संस्थाहरुले गएको फागुन ८ गते अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेर मनाएका थिए ।कार्यक्रममा फ्रीडम फर अल नेपाल (फान) ,सोच नेपाल युथ एड्भोकेसी नेपाल,छुवाछूत विरुद्धको बिश्व संजाल, एड्भोकेसी फोरम, निलहिरा समाज,अपाङ्गता महिला संघ नेपाल,ग्लोबल पिस फाउन्डेसन,महिला सुरक्षा दबाब समूह,मुस्लिम महिला कल्याण समाज,आडवान नेपाल,डानर नेपाल कोक्याप नेपाल, हुमन राईट फिलिम सेन्टर, युथ एक्सन नेपाल ,साइन नेपाल,हर नेपाल अपाङ्गता संगठन नेपाल लागाएत १८ वटा संस्थाहरु सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्