Logo

ओलीको स्वेच्छाचारिता अन्त्यको लागि चुनाव आवश्यक : कमल थापा



काठमाडौं, ११ फागुन । राप्रपा अध्यक्ष कमल थापाले संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको फैसलालाई सबैले मान्नुपर्ने बताएका छन् । संसद विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसवारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव बश हुने धारणा राखे ।

उनले प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाब आवश्यक भएको औंल्याए । उनले अपवित्र गठवन्धन बनाएर सरकार बनाउन काँग्रेसलाई जनताको म्याण्डेट नभएको र काग्रेसले सत्ताको लोभ देखायो भने कांग्रेस पनि जनताको नजरबाट खस्ने टिप्पणी गरे ।

गृहजिल्ला मकवानपुरमा टोल–टोलमा राप्रपा अभियान संचालन गरिरहेका थापाले आज हेटौंडाद्द१३ को पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै निषेधको राजनीतिले मुलुकलाई संकटतर्फ लैजाने भएकोले सबै उदार ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए। थापाले विगत १४ बर्षको राजनीतिक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिए।

स्वाधिन ,सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नुपर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने थापाको भनाई छ । गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोले त्यो भारी बिसाउनु पर्ने उनको धारणा थियो। File Photo



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम