Logo

अदालतले सही फैसला गर्नेमा विश्वस्त छौं : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दामा सही फैसला गर्ने विश्वास दिलाएका छन् । आज (मंगलबार) अनेरास्ववियूका नेता तिलकराज भण्डारीद्वारा लिखित जनयुद्ध हस्ताक्षर नामक पुस्तकको आज विमोचन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफूहरु अदालतको फैसला सही आउनेमा विश्वस्त रहेको सनुाए । उनले भने,‘सही फैसला गर्छ भन्नेमा विश्वास छ ।’ अहिलेपनि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको उल्लेख गर्दै यो युद्ध जित्नुपर्ने धारणा राखे । उनले भने,‘हामीले यो युद्ध जित्नुपर्छ। जनता लडिरहेका छन् । यो शान्तिपूर्ण युद्ध हो। युद्धचाहिँ युद्ध नै हो।’

तस्विर: मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्