Logo

मंगलबार शेयर बजार २१.१६ अंकले घट्यो



काठमाडौं, ११ फागुन । साताको कारोबारको तेस्रो  दिन (मंगलबार) नेप्से दोहोरो अंकले घटेको छ । आज ०.८१ प्रतिशत अर्थात २१.१६ अंकले घटेर २५ सय ८६.५१ विन्दुमा पुगेको हो ।

सोमबार २६०७.६७ विन्दुमा पुगेर आइतबारको तुलनामा १.२४ प्रतिशतले घटेको थियो । आज नेप्से परिसुचक अनुसार २०५ कम्पनीका ८३ हजार २ सय १२ पटक कारोबार भएर ८ अर्ब ५३ करोड ९७ लाख ५४ हजार ६३९ रुपैयाँ बराबरको १ करोड ७६ लाख ६५ हजार ६९८ कित्ता शेयर खरिद बिक्रि भएको छ ।
कारोबारको तेस्रो दिन नेप्से परिसुचक व्यापार उपसमुहको मात्र ०.९ प्रतिशतले बढेको छ । अन्य ११ उपसमुहका परिसुचक राताम्मै छन् । सबैभन्दा धेरै अन्य उपसमुहको २.३३ प्रतिशतले परिसुचक घटेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि मंगलबार २.४१ अंकले घटेर ४६७.९४ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार भएको छ । बैंकको ७३ करोड ९४ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको सोमबार कायम भएको शेयरमुल्य ६ सय ६० रुपैयाँबाट आज ६६ रुपैयाँले घटेर ५ सय ९४ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्