Logo

लिलामणि पोखरेललाई मातृशोक



काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई मातृशोक परेको छ । नेकपा नेता विष्णु रिजालका अनुसार पोखरेलकी आमा कलादेवी उपाध्यायको आज देहावसान भएको हो ।

उनले सामाजिक सञ्जालमा पोखरेलकी आमाप्रति भावपूर्ण श्रद्धाञ्जाली गर्दै यस्तो लेखेका छन्-“नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य कमरेड लीलामणि पोखरेलकी ममतामयी आमा कलादेवी उपाध्यायको देहावसानको खबरले स्तब्ध भएको छु। यस दुखद् घडीमा दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्दली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम