Logo

आज १ सय १० संक्रमित थप, १०२ जना डिस्चार्ज



काठमाडौं, ११ फागुन । नेपालमा कोरोना भाइरसका आज १ सय १० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय २ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७० हजार ६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्